विद्यालय गएकी १७ बर्षीया किशोरीको शव जगंलमा भेटियो

1,697

बैतडी जिल्लामा किशोरीको शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ मृत अवस्थामा भेटिएकी हुन्।

किशोरीको शव स्थानीय लवलेक जगंलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजे भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको भट्टले बताउनुभयो ।

बैतडीमा दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षिया भागरथी भट्टको अनुसन्धानमा खटिएको कुकुरले मृतकको फोन फेला परेको छ । शुक्रवार बिहान ११ बजे तिर अनुसन्धानको लागि लगिएको कुकुरले शव भएको दक्षिणको बाटो तिर कुकुर पनि जाँदै गर्दा मृतकले प्रयोग गरेको मोबाईल फोन फेला परेको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक दर्शन खडकाले बताए ।

शवको प्रकृती हेर्दा बलत्कार भएको हन सक्ने प्रहरी अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । शरीर भरी चोटका दाग तथा घाँटीमा पनि रातो चोटको दाग रहेका र जमिनमा रगतहरु लगेको प्रहरी अधिकृतले बताएका छन् ।

अहिले,बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण पसाद अधिकारी, सशस्त्र प्रहरीका नायव उपरीक्षक गणेश शाह चिकित्सक र सरकारी वकिल लगायतको सुरक्षा अधिकारीको टोली घट्नास्थलमा ,पुगेको छ ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन् । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

Leave A Reply

Your email address will not be published.