लेखन सहयोगीका लागि दृष्टिविहिन भएका व्यक्तिहरुले अब भौतारिनु पर्दैन (भिडियो)

578

दृष्टिविहिन भएका व्यक्तिहरुले लेखन सहयोगी पाउने भएका छन् । काठमाडौं बसुन्धारास्थित सामाजिक रुपान्तरणका लागि सर्वोदय परियोजना नामक संस्थाले दृष्टिविहिनहरुकालागि लेखन सहयोगी उपलब्ध गराउँदै आएको हो ।

परिक्षाकालागि लेखन सहयोगी उपलब्ध गराइने गरेको सो संस्थाका उपाध्यक्ष प्रतिक श्रेष्ठले बताए। हालसम्म २५ बढी दृष्टिको समस्या भएका व्यक्तिहरुका लागि लेखन सहयोगी आफूहरुले खोजिदिएको श्रेष्ठको भने । लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा जाँच दिरहेका परिक्षार्थीहरुका लागि समेत लेखन सहयोगी उपलब्ध गराउँदै गरेको श्रेष्ठको भनाइ छ ।

लेखन सहयागी सामाजिक सञ्जाल फेसबुकबाट खोजिने गरेको श्रेष्ठले जानकारी दिए । ११/१२ पढ्दैँ गरेका दृष्टिविहिन व्यक्तिहरुकालागि लेखन सहयोगी खोज्ने क्रममा केही समस्या भएको श्रेष्ठ बताउँछन् । ९/१० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सानो भएको, लेखन सहयोगी बन्नकालागि अप्ठ्यारो मान्ने गरेको प्रतिकको गुनासो छ । उक्त जटिल परिस्थितिमा विद्यार्थीहरुका अभिभावकहरुसँग बुझाएर अनुरोध गर्ने गरेको उनले बताए । एक बर्षदेखि सञ्चालित सामाजिक रुपान्तरणकालागि सर्वोदय परियोजना संस्थामा दृष्टिविहिन भएका व्यक्तिहरुले लेखन सहयोगीकोलागि प्रस्ताव ल्याएपछि आफूहरुले लेखन सहयोगी खोज्ने कार्यमा प्रतिक सहयोग गरिरहेका छन्।

काठमाडौंमा मात्र सीमित नभइ देशका अन्य ठाउँका दृष्टिविहिन भएका व्यक्तिहरुलाई लेखन सहयोगी खोजेर सहयोग गर्ने मनसाय भएको उनको भनाइ छ । फरक दृष्टिसँग कुरा गर्दै श्रेष्ठले भने ‘दृष्टिविहिन भएका व्यक्तिहरु पनि हामी जस्तै हुन् । लेखन सहयोगी खोजेर उनिहरुलाई सहयोग गर्नु पर्दछ।’ लेखन सहयोगी नपाउदा एक वर्षको पढाई रोकिने भन्दैँ लेखन सहयोगी बन्नकालागि पछि नहट्न उनले सबैमा अनुरोध गरे । जाँचका लागि दृष्टिविनिहरुसँग न्युनतम १५०० रुपैयाँ लिने गरेका छन् । उक्त रकम सेनिटाइजर, पन्जा, खाजा लगायतका कार्यहरुमा प्रयोग हुने गरेको श्रेष्ठले बताए। लेखन सहयोगी उपलब्ध गराइरहँदा दृष्टिविहिनहरु खुशी भएको श्रेष्ठ बताउँछन् ।

यसै बिषयमा केन्द्रित रहेर फरक दृष्टिका लागि जिवन बनियाले सामाजिक रुपान्तरणका लागि सर्वोदय परियोजना संस्थाका उपाध्यक्ष प्रतिक श्रेष्ठसँग गरिेको कुराकानी भिडियोमा हेर्नुहोस् –

Leave A Reply

Your email address will not be published.